Tuesday, October 13, 2015

नाकाबन्दीपछि पहिलो पटक बढी पेट्रोलियम पदार्थ भित्रियो - See more at: http://www.nagariknews.com/politics/story/47132.html#sthash.y6N1Pg9j.dpuf

धनगढी-भारतले लगाएको अघोषित नाकाबन्दी पछि आज पहिलो पटक कैलाली भन्सार नाकाबाट सबैभन्दा बढी तीन लाख ६८ हजार लिटर डिजेल र ४० हजार लिटर पेट्रोल धनगढी भित्रिएको छ।
यसअघिसम्म माग परिमाणको १० प्रतिशतमात्र पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको भारतीय आयल निगमले आज भने पर्याप्त तेल दिएको निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख पौडेलले बताए। सोमबारसम्म निगमको क्षेत्रीय कार्यालयमा आठ लाख लिटर डिजेल र ५६ हजार लिटर पेट्रोल मौज्दात रहेको थियो। इन्धन आपूर्तिमा केही सहज भएपछि आज सुदूरपश्चिमका ६७ वटा पेट्रोलियम पम्पबाट कोटा प्रणालीका आधारमा डिजेल तथा पेट्रोल बिक्री वितरण गरिएको छ।

मागअनुसारको परिमाणमा भारतबाट पेट्रोलियम पदार्थ आयात हुनसकेमा आगामी चार/पाँच दिनसम्ममा सुदूरपश्चिममा आपूर्ति सहज भई अभाव हट्ने क्षेत्रीय कार्यालयका प्रमुख पौडेलले बताए।
यसैबीच भारतको उत्तर प्रदेशस्थित बन्थरा डिपोमा पुगेका आयल निगमका २६ ट्याङ्करमा पनि आज पेट्रोलियम पदार्थ लोड भएको जानकारी आएको कार्यालयले जनाएको छ । रासस
- See more at: http://www.nagariknews.com/politics/story/47132.html#sthash.y6N1Pg9j.dpuf

No comments:

Post a Comment