Monday, October 12, 2015

दिउँसो १ बजेदेखि सुनौली नाका सुचारु

आश्विन २५, २०७२- सोमबार दिउँसो १ बजेदेखि भैरहवाकाे सुनौली नाका सुचारु भएको छ । सिद्धार्थनगर उद्धोग वाणिज्य संघ, व्यापार मण्डल–सुनौली, बेलिया गाउँ समाज र नेपाल भारत मैत्री समाज–रुपन्देही लगायतको संस्थाहरुको पहलमा यो नाका आज दिउँसोदेखि सुचारु हुन थालेको हो ।

नाका सुचारु भएपछि भारततर्फ विगत ५ दिन देखि रोकिएका हजारौं मालवाहक गाडीहरु लाइनवद्धरुपमा नेपाल छिर्न थालेका छन् । नेपाल भारत मैत्री समाज–रुपन्देहीका अध्यक्ष शान्तकुमार शर्माका अनुसार लाइनमा रहेका पेट्रोलियम पदार्थका ट्यांकर ग्यासका केही बुलेट पनि भैरहवा भन्सार छिर्न थालेका छन् ।

No comments:

Post a Comment