Wednesday, October 14, 2015

'दसैंअघि ग्यास आउँदैन'


'दसैंअघि ग्यास आउँदैन'

नेपाल ग्यास उद्योग संघका अनुसार राजधानीमा ग्यास भित्रिने मुख्य नाका वीरगन्ज हो। वीरगन्ज भन्सार अझै खुलेको छैन। खुलेपछि पनि राजधानी ल्याएर उपभोक्ताका भान्सामा ग्यास पुर्यााउन कम्तीमा एक साता लाग्छ।

'राजधानीमा ग्यास भित्रिने मुख्य नाका वीरगन्ज भन्सार अहिलेसम्म नखुलेकैले ग्यास आउन नसकेको हो,' संघका उपाध्यक्ष कुश मल्लीले नागरिकसँग भने, 'खुलेपछि पनि राजधानी ल्याएर वितरण गर्न कम्तीमा एक साता लाग्छ।'

दसैंअघि नाका खुलेर ग्यास राजधानी भित्रिए पनि ग्यास उपभोक्ताले दसैंलाई नपाउने उनले प्रस्ट पारे। 'पेट्रोल, डिजेलजस्तो सिधै वितरण गर्न मिल्दैन, आइहाले पनि सम्बन्धित कम्पनीमा पठाउँदा र सिलिन्डर भरेर डिपोमा पुग्दा एक साता बित्छ,' उनले भने।

देशका विभिन्न भागमा अन्य नाकाबाट ग्यास भित्रिए पनि काठमाडौं आउने ६० प्रतिशत ग्यास भारतको बरौनी रिफिलिर कम्पनीबाट ल्याइन्छ। बरौनी वीरगन्ज (रक्सौल) नाकाबाट नजिक रहेकाले अन्यत्रबाट ग्यास ल्याउन नसकिने अवस्था मल्लीले औंल्याए।

'भरेर तयारी अवस्थामा राखिएका ग्यासका बुलेट सबै वीरगन्ज नाकामै छन्, सरकारले पहल गरे मात्र सम्भव छ,' उनले भने। त्यही बुलेट सरकारले भाडा दिएर भैरहवा नाकाबाट भने ल्याउन सकिने उनले विकल्प सुझाए।

दसैंजस्तो चाडमा धेरै परिकार पकाउनुपर्ने र पाहुना पनि धेरै आउने भएकाले सामान्य दिनभन्दा धेरै इन्धन चाहिन्छ। कतिपय सर्वसाधारण र होटल व्यवसायी ग्यास सकिएर दाउराको भर परिसकेका छन्। कतिका घरमा साता/दुई सातादेखि ग्यास सकिइसकेको छ भने कतिपयको दसैंअगावै ग्यास सकिने अवस्था छ।

चाहविलकी सरिता ढुंगानाको घरमा खाना पकाउने ग्यास सकिएको १५ दिन भयो। ढुंगाना परिवार अनौठो तरिकाले गुजारा चलाइरहेको छ। ढुंगानाका अनुसार यो परिवारले राइसकुकरमा आलु उसिन्ने, नुन–खुर्सानीसँग साँध्ने र त्यसैसँग भात खाने, राइसकुकरमा चाउचाउ पकाउने, आलु–काउली राइसकुकुरमा उसिनेर साँध्नेजस्ता उपायले गुजारा चलाउँदै आएको छ यो परिवारले।

नयाँ सरकार गठनपछि दसैंसम्म ग्यास आउला भन्ने आशाले यो परिवारले अन्य वैकल्पिक इन्धनको जोहो पनि गरेन। 'करेन्ट लाग्ने डरले हिटर पनि किनिनँ, ग्यास नभएपछि दसैं आएजस्तो नै भएको छैन,' ढुंगानाले बुधबार नागरिकसँग भनिन्।

दसैंमा घरबेटीको बारीमा चुलो बनाएर दाउराले खाना पकाउने सोच बनाएकी छन् सरिताले।

एक साताअघि ग्यास सिद्धिएपछि बुद्धनगरका सुबोध गौतम दही, चिउरा, चिया, बिस्कुट र पाउरोटीको भरमा गुजारा चलाइरहेका छन्। सानो शिशुसहित चार जनाको परिवार बस्दै आएकोमा ग्यास सकिएपछि उनले श्रीमती र छोरी र भाइलाई घर पठाए।

'सानो बच्चालाई लिटो खुवाउनुपर्थ्यो, अरूको घरमा कति दिन खुवाउने भनेर घर पठाएँ,' उनले भने। ग्यास नपाएसम्म परिवारलाई काठमाडौ नल्याउने उनले निधो गरेका छन्।

'पेट्रोल त लाइन बसेर ल्याएँ, पेट्रोलभन्दा ठूलो ग्यास रहेछ, चुलो नै बलेन,' उनले भने। ग्यास खोज्न दैनिक चिने–जानेकालाई फोन गर्नु र ग्यास डिपोमा धाउनु उनको दैनिकी बनेको छ।

सानोठिमी, भक्तपुरका डिपी भट्टराईको परिवारलाई पनि दसैंका बेला ग्यास सकिए के गर्ने भन्ने चिन्ताले सताएको छ। बजारमा ग्यास सकिएपछि जोहो गरेको ग्यास पनि एक/दुई दिनमै सकिन लागेको उनले सुनाए। 'आपतमा चिया पकाउन राखेको यो पनि सकियो भने झन् आपत,' उनले भने।

'नाका खोल्नकै लागि आज (बुधबार) पनि परराष्ट्रमन्त्रीलाई भेट्यौं, नेपाल आयल निगमलाई पनि भेट्यौं,' संघका उपाध्यक्ष मल्लीले भने। परराष्ट्रमन्त्रीले भारतसँग नाका खोल्न पहल गरेको बताएको र नाका खुलेपछि मात्र राजधानीमा ग्यास भित्रिने जानकारी दिएको उनले सुनाए।


काठमाडौं- दसैंले छोपिसक्यो, प्राय उपभोक्ताका भान्सामा खाना पकाउने एलपी ग्यास छैन। अधिकांश सिलिन्डर रित्ता छन्, भरूँ त बजारमा पनि पाइँदैन। भारतीय नाकाबन्दीले बजारमा पेट्रोल मात्र होइन, ग्यासको पनि चरम अभाव छ। चाडपर्वमा अन्य समयमा भन्दा बढी खपत हुने इन्धन नपाउँदा उपभोक्ता हैरान छन्। विशेषगरी भान्साको चिन्ता गृहिणीलाई बढी हुन्छ।राजधानीका उपभोक्ताले कहिले पाउँछन् त ग्यास?व्यवसायी भन्छन्– दसैंअघि सम्भव छैन।

- See more at: http://www.nagariknews.com/feature-article/story/47187.html#sthash.bHz7kdsz.dpuf

No comments:

Post a Comment