Friday, October 16, 2015

दसैं विशेष कथा : साउदी

आश्विन २९, २०७२- आठ वर्षपछि दमन्तीका बा गोविन्द साउदीबाट नेपाल फर्केका थिए । केही दिनपछिदेखि नै दमन्तीकी आमाले लोग्नेलाई शान्तिटारमा नबस्ने भन्दै करकर गर्न थालेकी थिइन् ।  शान्तिटारमा उनीहरूको सानो झुप्रो थियो । साउदीबाट कमाएको पैसाले यही आधा बिघा जग्गा किनेर तरकारी खेती गरेर बस्ने रहर थियो दमन्तीका पितालाई  । ‘मेरा दिदीबहिनी मंगलवारे बजारमा दिनभरि खुट्टा हल्लार बस्छन् । म भने यो कुहिएको हिलोमा गाडिनुपर्छ ।’ अन्तत: उनी बाध्य भए । शान्तिटारको उब्जाउ आधा बिघामा तरकारी खेती गर्ने रहर त्यागे र मंगलबारे बजार नजिकै पुलचोकमा पिच सडकसँगै जोडिएको एक कट्ठा घडेरी किने । त्यही ससानो घर बनाए । ‘जहानको सधैंको गनगन त मेटियो तर अब यो घरले मात्रै खान दिँदैन ।’ उनी यस्तै कुरामा दिनरात पिरोलिन थाने । समस्याको समाधान लिएर एक दिन दमन्तीका मामा झुल्किए, ‘भिनाजु, झर्ना चिया बगानमा चौकीदारी गर्ने मान्छे चाहिएको छ । तपाईंजस्तै हट्टाकट्टा मान्छेको खाँचो छ । गर्ने भए कुरो राखिदिन्छु । मेरो साथी त्यहाँको म्यानेजर छ ।’ दमन्तीकी आमालाई के चाहियो र ? कुरो भुइँमा झरिनसक्दै भनिन्, ‘हुन्छ हुन्छ । तुरुन्तै कुरो गरिदेऊ भाइ ।’ ...... एक घन्टाको हिलोमैलो बाटो हिँडेर पुगिने स्कुल दस मिनेटमै पिचरोडमा चप्पल पड्काउदै हिँड्न पाउँदा दमन्ती कम्ता खुसी भइन् । ऊ अब बजारिया बन्न बोलीदेखि लवाइखवाइ र हिँडाइमा सकेसम्म नक्कल पार्न थाली । शान्तिटारका उसका साथी एक घन्टा धूलोमैलो बाटोमा हिँडेर आउँथे । उनीहरूका खुट्टा र स्कुल ड्ेरस धूलाले लपक्कै पुरिएका हुन्थे । अनुहारभरि पसिनाको टाटो बसेको हुन्थ्यो । तर दमन्ती भने सुक्सुकाउँदी भएर घरबाट निस्कन्थी । उसका साथीहरू भन्थे, ‘बजारमा बस्न थालेदेखि त दमन्ती साँच्चै सहरिया भई हौ । हेर न हातखुट्टा कति चिल्ला । अनुहार पनि कति छिट्टै गोरो देखिन थालो ।’ झन् राम्री हुने रहरले दमन्तीले बिहान बेलुकै बेसनको पिठो र मायालु साबुनले मुख धुन थाली । सबेरा क्रिम बिहान बेलुकै लगाउन थाली । हातखुट्टा पनि खुब मेहेनत गरेर धुन्थी । छिट्टै उसले आफ्ना नङ र फुटेका कुरकुच्चामा जमेर रहेको शान्तिटारको माटो सदाका लागि पखाली । ऊ अर्कैअर्कै देखिन थाली । उसको बोलीवचनबाट शान्तिटार मेटिएर क्रमश: सहर स्थापित हुन थाल्यो । दमन्तीको पढाइ भने मज्जाले खस्किन थाल्यो । शान्तिटारमा हुँदा बिहान–बेलुका गाईलाई एक डोको घाँस नकाटी धर नपाउने ऊ मंगलबारे आएपछि निकै फुर्सदिली भई । बिहान उठेर खेतबारीमा निस्कनु नपरेपछि आमाको पनि खासै काम भएन । अब दमन्तीले भान्साको काम पनि गर्नु नपर्ने भयो । ऊ पढ्नभन्दा बढ्ता ऐना हेर्न थाली । स्कुल जाँदा पनि आफ्नो अनुहार हेर्न मिल्ने सानो ऐना किताबको चेपमा लुकाएर लान थाली । गोलो अनुहार, लाम्चा आँखा । उचाइ पनि ठिक्कको । खँदिलो ज्यानकी थिई दमन्ती । हँसिली र चाँडै अरूसँग घुलमिल हुन सक्ने भएकीले छिमेकका नयाँ साथीहरूसँग छिट्टै दोस्ती भइहाल्यो उसको । स्कुल जाँदा पनि पहिलेका साथी छोडेर बगानका म्यानेजरका छोरीहरूसँग हिँड्न थाली । उनीहरू पढाइभन्दा धेरै फिलिमका गफमा रमाउँथे । दमन्तीलाई पनि फिलिममा हिरोइनले बोल्ने डाइलग त पूरै कण्ठ हुन थाल्यो । शान्तिटारमा हुन्जेल परीक्षामा कहिल्यै दाग लागेन दमन्तीको । तर मंगलबारे आएपछि नौ कक्षामा तीन विषयमा रातो लाग्यो । एक दिन मंगलबारे बजारमा चटपटे खाँदै गर्दा उसको सन्तुसित आँखा जुधे । आँखाको उज्यालो ओठसम्म आयो र मुस्कान बनेर अनुहारभरि छरियो । सन्तु पनि हाँस्यो । धेरै कुरा त भएन तर चटपटेको पैसा भने सन्तुले तिरिदियो । त्यतिबेलै उसको मनको ढोकाको चुकुल खुल्यो र त्यहींबाट सन्तु उसको दिलमा प्रवेश गर्‍यो । सन्तु झर्ना चिया कमानमै दमन्तीका बाउको अन्डरमा काम गथ्र्यो । ऊ दमन्तीभन्दा केही वर्ष जेठो हुँदो हो । पहिलो भेट भएको दोस्रो दिन नै बगानको केही काम परेर ऊ दमन्तीका बालाई खोज्दै उसको घरमै आएको थियो । दमन्ती घरअगाडिको सितारा, मुसुण्डो र जर्बेरा फूलमा पानी हाल्दै थिई । आमा घरमा थिइनन् । उसले आफैं चिया पकाई । सन्तुका हातमा चियाको गिलास थमाउँदा उसका आँखा फेरि सन्तुका आँखामा गएर टक्क अडिए । फेरि दुवैको आँखाको उज्यालो उनीहरूको ओठसम्म आयो र पुन: मुस्कान बनेर अनुहारभरि छरियो । सन्तु अलिकति आत्तियो । उसको हातमा भएको तातो चियाको गिलास भुइँमा बजारियो । दमन्तीको मुखबाट हाँसोका पर्रा छुटे । सन्तु भुतुक्कै भयो । जाने बेला उसले दमन्तीका हातमा एक मुठ्ठी पानी अमला राखिदियो । अमला मुखमा हालेपछि दमन्तीको मनमा मायाको गुलियो रसायो । खँदिलो ज्यानको थियो सन्तु । अलिक कालो वर्णको । जाँगरिलो र इमानदार भएकैले बगानमा सन्तुलाई सबैले मन पराउँथे । दमन्तीका बुबाले अह्राएको काम ऊ फटाफट गथ्र्यो । दमन्तीका बुबाले नभ्याएका बेला हाटबजारबाट सरसौदा किनेर ल्याउने सबै काम उसैले गरिदिन्थ्यो । उसको हँसिलो मुहार र भरिलो शरीरले दमन्तीलाई उत्ताउलो बनाइसकेको थियो । सन्तु पनि दमन्तीलाई हेर्न कामै नपरी पनि उसको घर अगाडिको बाटो ओहोरदोहोर गर्न थाल्यो । ..... मंगलबारको दिन थियो । स्कुलपछि दमन्ती सरासर बजारतिर लागी । हनुमान मन्दिरको छेउमा सन्तु भेटियो । बिस्तारै साथीहरूको हूलबाट अलग्गिई दमन्ती र सन्तुलाई खुसुक्क भनी, ‘आज फिलिम हेर्न जाऊँ ल ?’   दमन्तीको प्रस्ताव उसले सजिलै स्विकार्न सकेन । उसलाई कता कता अप्ठेरो लाग्यो । किनभने यतिबेला उसको खल्तीमा रकमको अलिक सर्टेज थियो । दमन्तीले कुरो बुझेझैं गरी र भनी, ‘मसँग पैसा छँदैछ । घरमा कसैले थाहा पाउँदैनन् ।’    त्यसपछि सन्तुले दमन्तीको प्रस्ताव स्विकार्‍यो । फिलिम हलबाट निस्केर उनीहरू सरासर उकालो लागे । बेलाबेला दुवै एकअर्कालाई सुटुक्क हेर्थे । बेलाबेला दुवैका कुइना एकअर्कासँग ठोक्किन पुग्थे । दुवैको शरीरमा करेन्ट दौडिएझैं हुन्थ्यो । मर्सा पुल तरेपछि दमन्तीले सन्तुको हात समातेर डाइरेक्ट सोधी, ‘मसँग बिहे गर्छौ ?’ रातभरि सन्तु निदाउन सकेन । उसलाई उकुसमुकुस भइरह्यो । दमन्ती खाँटी बाहुनकी छोरी थिई र सन्तु मगर केटो । दोधार दोधारमै उसले रात काट्यो । रिमरिम उज्यालो नहुँदै दमन्ती एउटा झोला बोकेर उसकै कोठामै पो आइपुगी । अब भने सन्तुलाई हिम्मत आयो । उसले दमन्तीलाई कँसिलो अंगालो हाल्दै भन्यो, ‘म तिमीलाई जीवनभर माया गर्छु दमन्तु । चाहे जे होस्, म अब तिमीलाई एकपल पनि छोड्ने छैन । मा कसम ।’ त्यसपछि आफ्ना अलिअलि भएका लुगाफाटो पोको पार्‍यो र दमन्तीको हात समातेर बाटो लाग्यो सन्तु । बिहानको कुमारी उज्यालो जवान हुँदासम्म उनीहरू काँकरभिट्टा पुगिसकेका थिए । सुरुमा त दमन्तीका बुबा भन्दै हिँड्थे, ‘त्यो सन्ते मगरलाई भेटूँ न मात्तै । त्यसको लादी निस्किने गरी ननिमोठी कहाँ छाड्छु र ?’ केही दिन यताउता भौँतारिएपछि सन्तु र दमन्ती फर्केर मंगलबारेमा नै आए । झर्ना चिया बगान नजिकै एउटा सानो चियापसल सुरु गरे । यतिन्जेल दमन्तीका बाको रिस शान्त भइसकेको थियो ।   दमन्ती र सन्तु एकछिन पनि छुट्टिँदैनथे । दमन्तीले खाना पकाउँदा सन्तु धाराबाट पानी ल्याउँथ्यो । बिहान उठेर चुलामा आगो जोर्ने काम सधैं ऊ आफैँ गथ्र्यो । भन्थ्यो, ‘दमन्तु धूवाँ सहन सक्दिन ।’   सन्तु र दमन्तीको प्रेम देखेर सबै छक्क पर्थे र भन्थे, ‘यस्तो जोडी त यो ठाउँमा कोही छैन । यिनीहरू त ढुकुरकै भालेपोथी हुन्  ।’ ...... पत्तै नपाई दुई वर्ष बित्यो । दमन्ती फक्रेको काउलीझैं गमक्क खुसी देखिन्थी सधैं । सन्तु दमन्तीको मायाले गर्दा घडी हेर्न बिर्सन्थ्यो र दिनरात बितेको पत्तो पाउँदैनथ्यो । आफ्ना वरपरका धेरै युवा धन कमाउन साउदी जान थाले । सन्तु यो सब हेरिरहन्थ्यो । ऊ पनि दमन्तीलाई राम्रा लुगा र गहना लगाएको हेर्न चाहन्थ्यो । चियापसलबाट आएको थोरै पैसाले त्यो कहिल्यै सम्भव नहुने उसले बुझ्दै गयो । दमन्तीलाई सुखले पाल्न नसकेको पीडाले ऊ भित्रभित्रै पिरोलिन थालेको थियो । अझ सन्तान थपिएपछि के हालत होला भन्ने भयले उसको अनुहार सधैं मलीन देखिन थाल्यो । एकदिन दमन्तीले उसको छातीमा टाउको अड्याउँदै लाडिँदै सोधी, ‘तिमी अचेल खुसी छैनौ नि । के भयो भन न ? तिम्रो अनुहार देखेर मलाई कस्तो पिर लाग्छ ।’ सन्तुले मनको कुरा भन्यो । ‘अस्ति भर्खरजस्तो लाग्छ भरते साउदी गएको । रिन तिरीवरी एक कठ्ठा जमिन पनि जोडिसकी उसकी स्वास्नीले । मलाई पनि यहाँ बसेर केही नहुने रहेछ भन्ने लाग्दैछ हौ । तर तिमीलाई एक्लै छोडेर कसरी जाऊँ दमन्तु ?’ दमन्ती एकछिनसम्म ट्वाल्ल परेर सन्तुको अनुहार हेरिरही । सन्तु पनि केही नबोली टोलाइरह्यो । एकछिनपछि दमन्ती बोली, ‘भरतकी स्वास्नी पनि त एक्लै छे । तिमी जान्छौ भने म एक्लै बस्न सक्छु । मेरो पिर नगर । भरतकी स्वास्नी रुकु बसेकै घरमा डेरा लिन्छु । मिलनसार पनि छे । केही पर्दा सहयोग गर्छे ।’    प्यारी दमन्तुले हिम्मत दिएपछि दलाल लगाएर ऊ साउदीतिर लाग्यो । सन्तु गएपछि दमन्तीको मन उदास भयो । धेरै दिनसम्म ऊ टोलाइरही । आफ्नो प्यारो मायालुको वियोगले उसलाई भोक पनि लागेन । धेरै रातहरू रोएरै बिताई । उता सन्तुको हालत पनि खासै उत्साहजनक थिएन । आफ्नी प्राणप्यारीलाई एक्लै छोडेर यति टाढा आउनुपर्दा ऊ वियोगले दिनदिनै खिइँदै गयो । धेरै दिनसम्म त उसलाई होमसिक भइरह्यो । तर बिस्तारै उसले आफूलाई सम्हाल्यो र कामतिर ध्यान दिन थाल्यो  । टाढा भएपछि उनीहरूको माया अझ गाढा भएर आयो । महिनामा चार पाँचवटा चिठी आदानप्रदान हुन्थ्यो । महिना मरिसक्दा सन्तुले पैसा पठाइहाल्थ्यो । भन्थ्यो, ‘कम्पनी राम्रो छ । पैसा धेरै नभए पनि काम गाह्रो छैन ।’ हप्तैपिच्छे उनीहरूको फोनमा कुरा हुन्थ्यो । दमन्ती पनि खुसी थिई । ऊ हरेकपटक फोनमा लाडिँदै भन्थी, ‘छिट्टै आउन ल ? तिमीबिना त निद्रै लाग्दैन मलाई ।’   तीन वर्षसम्म साउदीमा काम गर्ने र त्यसपछि नेपाल फर्किने भन्थ्यो सन्तुले । तर चार वर्ष बितिसक्दा पनि फर्केर आएन । भन्थ्यो, ‘साहु राम्रो छ । अब एक वर्ष बस्छु ।’   दमन्तीका दिन त यसो त्यसो बित्थे । तर रात बित्न गाह्रो हुँदै गयो । ऊ पहिलेजस्तो हाँस्न छोडी । उदास रहन्थी जतिबेलै । कसैका लोग्नेस्वास्नी जिस्केको देख्दा लुकीलुकी हेर्थी । र, एक्लै निसास्सिन्थी । लोग्नेको नियास्रोले उसलाई खर्लप्पै खान थाल्यो । फोनमा पनि पहिलेजस्तो रमाइला कुरा हुन छाडे । फोन पनि पातलिँदै गयो । यस्तैमा एकदिन दमन्तीको भेट भो झर्ना चिया बगानमा चियापत्ती लिन आउने ट्रक ड्राइभरसँग । एकदिन ड्राइभरले उसलाई भन्यो, ‘लौ, तिमीलाई त थाहै रहेनछ । सन्तुले उतै साउदीमै बिहे गरिसकेको छ । नत्र यतिका वर्षसम्म एकपटक त आउँथ्यो नि ।’ दमन्ती झसंग भई । ड्राइभरको कुरा उसलाई हो जस्तै लाग्यो । नत्र तीन वर्षमा फर्किन्छु भन्ने मान्छे पाँच वर्षसम्म पनि फर्किने कुरा किन गर्दैन ? हप्तामा एउटा चिठी पठाउने मान्छेले अचेल छ महिनामा पनि किन चिठी पठाउँदैन ? दिन बिराएर फोन गर्ने मान्छे, अचेल महिनौं किन फोन गर्दैन ? फोनमा पहिला दमन्तु भन्थ्यो, अचेल पराईले जस्तो दमन्ती किन भन्छ ? ड्राइभरको कुरा सही लाग्यो उसलाई । उसको मनमा प्रतिशोधको आगो दन्कियो । ऊ त्यही ड्राइभरको पछि लागेर हिँडी । ड्राइभरसँग हिँडेको पाँचौं दिन सन्तु साउदीबाट आइपुग्यो र ‘दमन्तु’ भन्दै ढोका ढक्ढक्यायो । तर ढोका खुलेपछि उसकी दमन्तु उसलाई छाडेर हिँडिसकेको यथार्थ बोध भयो । ऊ ढोकैमा मूच्र्छा पर्‍यो । .......   स्वास्नीको वियोगमा रोईरोई हिँडेको सन्तुलाई देखेर छरछिमेकीले अर्को बिहे गर्न दबाब दिन थाले । सबैले भने, ‘अर्कोसँग हिँडेकी स्वास्नीको याद गरेर हुन्छ ? माया भए पर्खेर बसिहाल्थी नि । त्यस्ती नकचरीलाई सम्झेर आफ्नो जिग्दगी बिगार्नु हुँदैन ।’ सन्तुले छरछिमेकको कुरा मान्यो र बिहे गर्‍यो । ड्राइभरले झूटो बोलेर आफूलाई फसाएको थाहा पाएपछि उता दमन्ती मर्नु न बाँच्नु भई । सन्तुले पठाइदिएको पैसा पनि सबै सकिदियो ड्राइभरले । आमाले किन्देको र सन्तुले पोहोर दसैमा पठाइदिएको गहना भने उसले कसोकसो लुकाएर राखेकी थिई । त्यही लिएर हिँडी एकदिन ऊ र फेरि फर्केर गइन ड्राइभरकहाँ । ड्राइभरले पनि उसको खोजी गरेन । केही महिनापछि साउदीबाट फर्केकी एउटी केटीसित बिहे गर्‍यो उसले पनि । यता, सन्तुले बिहे त गर्‍यो । तर उसको मन कहिल्यै खुसी हुन सकेन । स्वास्नी सधैं गुनासो गर्थी, ‘माया गर्न नजान्नेले किन बे गर्नु ? निष्ठुरी मोरो ?’ रातदिन स्वास्नीको गनगनले सन्तु दिक्दारिन थाल्यो । घरमा पनि झोक्राएर बस्थ्यो । विदेशबाट फर्केपछि उसले धेरै ठाउँ काम गर्‍यो । बसको खँलासीदेखि भरियासम्म भयो । इँटाभट्टादेखि सिमेन्ट कारखानासम्मको धूलोमैलो खायो । तर काममा ध्यानै जान्नथ्यो उसको । कहीँ टिक्दैनथ्यो । एकदिन सन्तुकी स्वास्नीले भनी, ‘मैले चिया बगानको चौकीदारसँग तिम्रो लागि कामको कुरा गरेकी छु । भोलिदेखि जाऊ । यो पाला पनि कामबाट निकालियौ भने राम्रो हुँदैन ।’ भोलिपल्ट सन्तु मन नलागी नलागी बगानतिर लाग्यो । उसलाई चरम निराशाले गाँजेको थियो । दिक्क मान्दै पत्ती टिप्न थाल्यो । डोको भरिएपछि पत्ती घोप्ट्याउन जाँदा उसले त्यहाँ दमन्तीलाई पनि काम गरिरहेको देख्यो । एकछिन त उसको शरीरले कामै गरेन । एकछिनपछि उसले सोध्यो, ‘कस्तो दुब्लाएकी ?‘   दमन्तीले पनि आँखाभरि आँसु पारेर भनी, ‘तिमी पनि कस्तो दुब्लाएको ?’ फेरि प्रेम भयो उनीहरूको । उनीहरूको आँखाको उज्यालो ओठसम्म आयो फेरि र मुस्कान भएर अनुहारभरि फैलियो । फेरि मंगलबारेबाट भागे उनीहरू । सन्तुकी कान्छी स्वास्नी मुर्मुरिई केही दिन । जो भेट्यो उसैसित भन्थी, ‘त्यो सन्तेलाई भेटुँ न मात्तै । त्यसलाई लादी निस्कनेगरी निचोरिनछु भने के र ।’ तर कोसित के नै थियो र ? सर्वहारा तिनीहरू । दिनभरि कमायो, साँझ खायो । कसले कसलाई निचोर्नु ? निचोरेर के पाउनु ? कुरा आयो गयो भयो । केही दिनपछि सन्तुकी स्वास्नी पनि दलालमार्फत् साउदी गई । मंगलबारे नजिकको बस्ती साउदी जाने र समयमा नफर्किनेहरूको बस्ती भएको छ अचेल । हरेक दिन एउटा नयाँ सन्तु साउदीबाट फर्किन्छ यहाँ र आफ्नी दमन्तुसित भन्छ, ‘कति दुब्लाएकी ?’ हरेक दिन नयाँ दमन्ती नयाँ सन्तुसित भनिरहेको भेटिन्छे, ‘तिमी पनि कस्तो दुब्लाएको ?’ झर्ना चिया वगानमा हरेक दिन एउटा नयाँ ड्राइभर पनि देखिन्छ । सन्तुहरू, दमन्तीहरू र ड्राइभरहरूले बनिरहेछ यहाँ एउटा नयाँ समाज । यहाँ हरेकको हातमा छ साउदीको भिसा लागेको मेसिन रिडेबल पासपोर्ट ।  

Wednesday, October 14, 2015

Peak season attracts tourists to Mustang

Oct 15, 2015- Tourist arrivals in Mustang district in north-western Nepal, which is famed for the Muktinath Temple, have swelled. An increasing number of domestic and foreign visitors have been travelling to Muktinath to visit various religious sites as this is the pilgrimage season. The favourable weather has also led to more people visiting Kagbeni and Muktinath by both road and air.
“Autumn is the most appropriate time for people to visit Mustang,” said Bel Pun, a tourist assistant under the Annapurna Conservation Area Project (ACAP), Jomsom. According to him, the number of people going to Muktinath to offer worship on the occasion of Sorha Sraddha has increased lately.
This is the time when the days are sunny and the Himalaya can be observed clearly.  Indian tourists have also been arriving in large numbers. After the April 25 earthquake, tourist arrivals had shrunk. But the recent upturn in tourism has reinvigorated the local tourism industry, entrepreneurs said.
Laxmi Tulachan, proprietor of Urica Inn, said the increased flow of tourists in recent days had given relief to them after the earthquake disaster.
The Jomsom office of ACAP, which keeps records of Indian and foreign tourist arrivals, said the number of domestic and Indian tourists had been impressive. It added that a total of 15,478 tourists had arrived in Mustang as of September this year, Last year, Mustang received 31,232 tourists.
Trekkers coming over Thorang Pass from Manang return through Muktinath, and this has helped the tourism business here. This route forms part of the Annapurna Circuit trekking trail.
The Civil Aviation Authority Office here said that the number of people visiting Mustang by air had also gone up in the recent days. “As tourists are receiving the message that the Annapurna area has not been touched by the earthquake, a large number of religious tourists have been visiting Muktinath by air from Pokhara,” said Surya Bahadur Khatri, deputy manager of the authority. “The current arrival trend should be considered as fine.”
According to Tulachan, 50 percent of the tourists visiting Mustang are Indians, followed by Nepalis and other foreign nationals. Currently, seven to 10 flights arrive in Mustang from Pokhara daily, compared to two-three flights during the off season.
Tara and Simrik Air conduct flights between Pokhara and Jomsom. Tara added one flight after seeing a rise in tourist numbers. Kagbeni, Muktinath and Damodar Kunda in Upper Mustang are important destinations for pilgrims.

MMC keep title hope alive

Oct 15, 2015- A solitary goal from Anil Gurung helped Manang Marshyangdi Club (MMC) edge Nepal Police Club (NPC) 1-0 to push the Red Bull National League to its last day as Tribhuvan Army Club (TAC) title hopes ended at the Anfa Complex here on Wednesday.
MMC climbed to the second spot with 31 points, while leaders Three Star have 32 and TAC have 30 with all three left to play one match each. TAC meet NPC in the penultimate day on October 16 where even a victory for them will not be enough to win the title. MMC play Three Star in what serves as the final game where a draw will be enough for the latter to claim the title.
Victory for TAC and a draw for Three Star will see both teams tied on 33 points each with the latter gaining an edge on ‘away goal’ rule. Three Star had played a goalless draw against the Armymen in their home match at the Dashrath Stadium before both teams settled for a 1-1 draw in TAC’s home match at the Anfa Complex. MMC, meanwhile, must win against Three Star to claim the title.
In the match on Wednesday, Gurung’s 50th minute strike was enough for MMC to keep the title hopes alive for them. Man-of-the-match Gurung made the most of an error from Suraj BK to put MMC ahead and ultimately score the winner.
Leonel Mbile Stephens intercepted a back pass from BK at the NPC half and the centre half dribbled past defender Suman Subedi to feed Gurung inside the box. Gurung struck the winner leaving NPC goalie stranded. It was man-of-the-match Gurung’s sixth goal in the league. MMC coach Raju Kaji Shakya was optimistic of winning the title.
“This was a very important victory for us because it came under an immense pressure for us. Our boys are not giving their best but we still managed to come with full three points. The victory today will add some confidence in our boys going into the title decider against Three Star. We will give our everything to defeat Three Star and win the title,” said Shakya.
NPC coach Birat Krishna Shrestha knows his team has depleted having watching the side collect just 13 points from 15 games. Fed up by explaining the same status over and over again, Shrestha rather focused to summarise the game. “We failed to implement our plans today. There is no doubt that we came up with our best with limited resources but went on to concede a silly goal. If you make such mistake in big games, you’re bound to be punished,” said Shrestha.

Peak season attracts tourists to Mustang

Oct 15, 2015- Tourist arrivals in Mustang district in north-western Nepal, which is famed for the Muktinath Temple, have swelled. An increasing number of domestic and foreign visitors have been travelling to Muktinath to visit various religious sites as this is the pilgrimage season. The favourable weather has also led to more people visiting Kagbeni and Muktinath by both road and air.
“Autumn is the most appropriate time for people to visit Mustang,” said Bel Pun, a tourist assistant under the Annapurna Conservation Area Project (ACAP), Jomsom. According to him, the number of people going to Muktinath to offer worship on the occasion of Sorha Sraddha has increased lately.
This is the time when the days are sunny and the Himalaya can be observed clearly.  Indian tourists have also been arriving in large numbers. After the April 25 earthquake, tourist arrivals had shrunk. But the recent upturn in tourism has reinvigorated the local tourism industry, entrepreneurs said.
Laxmi Tulachan, proprietor of Urica Inn, said the increased flow of tourists in recent days had given relief to them after the earthquake disaster.
The Jomsom office of ACAP, which keeps records of Indian and foreign tourist arrivals, said the number of domestic and Indian tourists had been impressive. It added that a total of 15,478 tourists had arrived in Mustang as of September this year, Last year, Mustang received 31,232 tourists.
Trekkers coming over Thorang Pass from Manang return through Muktinath, and this has helped the tourism business here. This route forms part of the Annapurna Circuit trekking trail.
The Civil Aviation Authority Office here said that the number of people visiting Mustang by air had also gone up in the recent days. “As tourists are receiving the message that the Annapurna area has not been touched by the earthquake, a large number of religious tourists have been visiting Muktinath by air from Pokhara,” said Surya Bahadur Khatri, deputy manager of the authority. “The current arrival trend should be considered as fine.”
According to Tulachan, 50 percent of the tourists visiting Mustang are Indians, followed by Nepalis and other foreign nationals. Currently, seven to 10 flights arrive in Mustang from Pokhara daily, compared to two-three flights during the off season.
Tara and Simrik Air conduct flights between Pokhara and Jomsom. Tara added one flight after seeing a rise in tourist numbers. Kagbeni, Muktinath and Damodar Kunda in Upper Mustang are important destinations for pilgrims.

चरम गरिबीदेखि सिहंदरबारसम्म

झापा–शारीरिक रुपमा जोतिनुपर्ने कामका लागि सधैँ अल्छी गर्ने स्वभावका केपी ओली त्यस्ता काम साथीहरुलाई गर्न लगाउँथे। उनलाई नजिकैबाट चिन्नेहरुका अनुसार आफू नभिडे पनि कुन काम कसरी गर्ने भनेर साथीहरुलाई सिकाउन चाहिँ उनी सधैँ अघि सर्थे।
'बिहान अबेरसम्म सुत्नुपर्ने, पढाई र अन्य काममा भन्दा राजनीतिक गतिविधिमा बढ्ता रुची थियो', ओलीको प्रारम्भिक राजनीतिक यात्राकै बेलादेखि उनीबारे जानकार एमाले नेतृ विशेश्वरा दाहाल भन्छिन् 'राम्ररी मिलाएर बोल्न जान्ने उहाँमा अरुलाई कन्भिन्स गराएर काम लगाउने खुबी प्रचुर थियो । ' कुनैबेला चरम गरिबीले सताइएर अर्काको घरमा शरण लिन बाध्य बनेका तिनै ओली त्यही नेतृत्वकारी क्षमताकै बलमा नेपालको ३८ औं प्रधानमन्त्री बनेका छन्। त्यो पनि कुनैबेला भारतपरस्त भनेर निकै आलोचित उनी यसबेला भारतीय संस्थापनसँग सिधा टक्कर दिएर प्रधानमन्त्री बनेको जस पाउने अवस्थामा छन् ।

झापा शरणामतिको बगरबाट सुरु भएको उनको संघर्षशील यात्राले जसै मुलुकको कार्यकारी प्रमुखको गन्तव्य पायो, यहाँसम्म आइपुग्दा उनले संघर्ष र धैर्यतालाइई मुख्य हतियार बनाउको उनका सहयात्रीहरु बताउँछन्। 'चरम अभावको जीवनबाट संघर्ष, जेल र राजनीतिक यात्रामा उहाँको लगन र धैर्यता मुख्य हतियार थिए', झापा विद्रोहदेखि नै उनका सहयात्री रहेका एमाले नेता नरेश खरेल भन्छन् 'देश र जनताका लागि निरन्तर संघर्ष गर्न सक्ने उहाँको खुबी अनुकरणीय छ ।'

तेह्रथुमबाट झापा झरेर शरणामतिमा खेतीपाती गर्दै गुजारा चलाइरहेको परिवारको घरखेत कनकाईको बाढीले बगाएपछि केपी ओलीको परिवार लगभग सुकुम्बासीको हैसियतमा झर्यो । भएको घरखेत खोलाले लगेपछि लेखपढको त कुरै छाडौं, परिवारलाई छाक टार्ने समस्याले बढी सताउँथ्यो । त्यहीबेला उनी रामनाथ दाहालको घरमा बसेर घैलाडुब्बा स्कुल पढ्न थाले । रामनाथ दाहाल, तत्कालीन मालेले योजना बुनेको झापा विद्रोहका नेता थिए । विशेश्वरा तिनै रामनाथकी पत्नी हुन् । उनका अनुसार कक्षाको पढाईमाभन्दा अन्य गतिविधिमा रुची राख्ने उनी सानैदेखि तिख्खर थिए ।

रामनाथ दाहाल केपीका राजनीतिक गुरु बराबर थिए । उनकमै घरमा पाएको सामिप्यले उनी वाम आन्दोलनतिर आकर्षित भए । 'हामी रामनाथको घरमा क्रान्तिको योजनाका लागि बैठक गर्दा केपी त्यहीँ भेटिनु भएको हो', केपी सँगै लामो जेल जीवनसमेत बिताएका नेता खरेल भन्छन् 'त्यसपछि हामी सहकार्यमा सहयात्रामा अघि बढ्यौं ।' उनका अनुसार शुरुमा राधाकृष्ण मैनालीको नेतृत्वमा रहेको आन्दोलन नक्सवादी नेता चारु मजुमदारको विद्रोहबाट शतप्रतिशत प्रभावित थियो ।

जब राधाकृष्ण मैनाली भूमिगत कालमा विरामी परेर पार्टीको सक्रिय नेतृत्वबाट केही समय टाढिए, नेतृत्वको अवसर केपीको काँधमा आएको थियो । २०२९ फागुन २१ मा रामनाथसहित पाँच जनालाई पञ्चायतले जेल सार्ने बहानामा सुखानीमा हत्या गरिसकेको थियो । त्यसैले स्वाभाविक रुपमा नेतृत्व उनको हातमा आयो । 'त्यसैबेला हो केपीले आन्दोलनको पूरापूर रुप परिवर्तन गर्नुभयो', नरेश सम्झिन्छन् 'विदेशी क्रान्तिको सफलता सिक्ने, असफलता फ्याँक्ने आँट गर्नुपर्छ भन्ने उहाँको प्रष्ट अडान थियो । उहाँकै कदमले झापा आन्दोलन परिष्कृत भयो ।' राज्यपक्षबाट पाँच, विद्रोहीबाट आठ जनाको ज्यान लिइएको उक्त विद्रोहमा ५ सय २५ जना पक्राउ परेका थिए । ओली विद्रोहलाई शान्तिपूर्ण आन्दोलनमा रुपान्तरण गनर््ुपर्ने अडानमा थिए । उनको त्यही पुरानो बुझाईकै कारण पनि हुनुपर्छ, अहिले सहकार्य गरेको एमाओवादीको सशस्त्र विद्रोहको सबैभन्दा कटु आलोचक पनि ओली नै थिए ।

२०३० सालदखि ४४ सालसम्म लगातार १४ वर्ष जेल बसेका ओली संकटमा कहिल्यै नआत्तिने उनका निकटका साथीहरु सुनाउँछन् । 'जेलभित्र प्रशस्त लेखपढ गर्ने, पार्टीको योजना बुन्ने काममा उहाँ धेरै लाग्नुहुन्थ्यो', नरेशले भने 'सँगै साथीहरुसँग रमाइलो गर्ने, हाँसखेल गर्ने काम पनि धेरै गर्नुहुन्थ्यो ।' उनका अनुसार जेलभित्रको लामो बसाईमा उनले लेखेका धेरै कविता र उपन्यास प्रहरीले जफत गरेको थियो । तर, खुला राजनीतिमा आउको लामो समयसम्म पनि ओलीले लेखनमा सक्रियता चाहिँ देखाएका छैनन् ।

आफ्नै जिल्लाबाट पढे–बढेर हुर्किएको नेता प्रधानन्त्रीमा निर्वाचित भएपछि उनको गृहजिल्ला झापामा खुशीयाली छाएको छ । खासगरी एमाले वृत्तमा खुशी साटासाट बिहानै देखि शुरु भएको थियो । संसद्बाट उनको ताजपोसी भएपछि त्यो झन् उत्कर्षमा पुग्यो । काँकडभिट्टादेखि दमकसम्म र उनको आफन्तहरु रहेको पृथ्वीनगरसम्मै सथ्नाीयले अबिर दलेर, दिपावली गरेर खुशी व्यक्त गरेका छन् । उनका बुबा र परिवार बस्दै आएको गाउँ पृथ्वीनगर र उनको कर्म क्षेत्र दमकमा खुशीयालीको माहोल छ । 'हाम्रो जिल्लाबासी प्रधानमन्त्री भएको खुशी एकातिर छ', एमाले झापाका अध्यक्ष चिन्तन पाठकले भने 'त्यो भन्दा पनि बढी मुलुकको एक जना कर्मठ नेताको इतिहासले सम्मान गरेको छ । अवसर पनि दिएको छ । हामी यसमा बढी खुशी छौं ।'

वि सं ०८फागुन ११ गते तेह्रथुम जिल्लाको इवा गाउँमा जन्मेका उनी २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका हुन् । ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । उनी २०२८ सालको झापा आन्दोलनको नेतृत्वकर्ता मध्ये एक हुन् ।

४८, २०५१ र २०५६ को आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएका ओली पहिलो संविधानसभामा झापा ७ बाट पराजित भएका थिए । उक्त चुनावमा व्यहोरेको हारले उनले त्यसबेला पार्टी नेतृत्वको अवसर पनि गुमाएका थिए ।

२०४९ सालमा नेकपा (एमाले)को स्थायी कमिटी सदस्य भएका उनी २०७१मा पार्टीको अध्यक्ष निर्वाचित भएका हुन् । दोश्रो संविधानसभा निर्वाचन २०७० मा उनी झापा क्षेत्र नं ७ बाट नेकपा एमालेको तर्फबाट निर्र्वािचत भएका हुन् । त्यसपछि उनी लगातार जीत यात्रामा अग्रसर हुँदै प्रधानमन्त्रीसम्म बनेका छन् ।
- See more at: http://www.nagariknews.com/feature-article/story/47007.html#sthash.TlCXqmRs.dpuf

सरोगेट नवजातसहित मन्त्रालयमा विदेशीको हुल

काठमाडौं- गएको बिहीबार बिहान ११ बजेतिर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रांगणमा बा १ प १२४५ नम्बरको हरियो प्लेटको टोयोटा हाएस रोकियो। गाडीबाट एक दर्जन विदेशी नागरिक नवजात शिशुसहित ओर्लिए। ६ सातासम्मका नवजात शिशुलाई कसैले छातिमा बोकेका थिए भने कसैले वाकरमा त कसैले हातमा झुन्ड्याउने ब्यागमा बोकेका थिए। 
नवजातसहित ओर्लनेमा १० जना पुरुष र २ जना महिला थिए
सबैजना नवजातसहित सरासर मन्त्रालयको दोस्रो तलास्थित चिकित्सा सेवा महाशाखा प्रमुख डा. गुणराज लोहनीको कक्षमा पुगे। डा. लोहनीले ती सबैलाई एकै झलकमा चिनिहाले। यसरी मन्त्रालय पुगेको हुल नेपालमा अहिलेसम्म अवैध सरोगेट (भाडाको कोख)बाट जन्मेका नवजात शिशु बोकेका विदेशी थिए।
सबैले सरोगेसीबाट जन्मेका नवजात स्वदेश लैजाने कानुनी बाटो खुला गर्न डा. लोहनीसँग माग गरे। उनीहरूले डा. लोहनीसँग भने, 'हामी सबैका सरोगेट सन्तान भारतीय महिलाको कोख भाडामा लिएर नेपालका अस्पतालमा जन्मेका हुन्। त्यसकारण हाम्रा सरोगेट सन्तान हामीसँगै जाने व्यवस्था मिलाइदिनु पर्योि।'

डा. लोहनीले उनीहरूलाई नेपालमा सरोगेसी अवैध भएकाले यसरी जन्मेका शिशु बाहिर लैजाने अनुमति दिन नसकिने जानकारी गराए। 'नेपालको कानुनले प्रतिबन्ध लगाएको सरोगेसीबाट तपाईंहरूले शिशु जन्माउनु भएको छ,' डा. लोहनीले ती विदेशी नागरिकसँग भने, 'नवजात लैजान कानुनविपरित हामी स्वीकृती दिन सक्दैनौं।' डा. लोहनीको कक्षमा करिब एक घण्टा बसेको विदेशीको हुलले त्यसपछि स्वास्थ्यमन्त्री खगराज अधिकारीसँग भेट्यो। यसअघि पनि उनीहरूका तर्फबाट तीन जनाले वार्ता गरिसकेकाले मन्त्री अधिकारीले कानुनअनुसार प्रतिबन्धित विषयमा पटक–पटक कुरा गर्नुको कुनै अर्थ नरहेको भन्दै उनीहरूलाई समय दिएनन्।

'कानुनी मान्यता नै नभएको अवस्थामा यहाँहरूले नेपालमा कसरी शिशु जन्माउन र सरोगेट आमा फेला पार्न सफल हुनुभयो?' नागरिकको जिज्ञासामा उनीहरूले 'मिडियासँग हामी कुरा गर्दैनौं र हाम्राबारे सोधपुछसमेत नगर्नुहोस्' भन्ने जवाफ मात्र फर्काए।

मन्त्री अधिकारीको कार्यकक्षमा करिब आधा घण्टा बसेर उनीहरू मन्त्रालयबाट बाहिरिएका थिए। कानुनी मान्यता नभएको पद्धतीअनुसार दलालको सहयोगमा सरोगेट सन्तान जन्माएका ती विदेशी नागरिक एक सातादेखि दैनिक रुपमा तीन–चारको समूहमा मन्त्रालय धाइरहेको एक कर्मचारीले बताए।

'हिजोअस्ति दुई चार जना आउँथे, आज त ठूलै हुल नै आयो,' डा. लोहनीले भने, 'आउने जति सबैलाई कानुनी व्यवस्थाबारे जानकारी गराएर फर्काउँछु।' उनले मन्त्रालयमा सरोगेट शिशुका अभिभावक मात्र नभई राजदूतसमेत आएर सरोगेट शिशुलाई स्वदेश लैजाने व्यवस्था गरिदिन दबाब दिइरहेको बताए।

मन्त्रालय स्रोतका अनुसार गत साता मात्रै नेपालका लागि अस्ट्रेलियाली राजदूत ग्लेन ह्वाइट र अमेरिकी दूतावासका एक वरिष्ठ अधिकारीले आफ्ना नागरिकका सरोगेट सन्तान स्वदेश लैजाने व्यवस्था गरिदिन आग्रह गरेका थिए। अस्ट्रेलियाली राजदूत ग्लेनसँग त मन्त्रालयका अधिकारीको दोहोरी जस्तै दोहोरो भनाभन चलेको थियो।

राजदूत ग्लेनले सरोगेट शिशु स्वतः अस्ट्रेलियाको नागरिक भैसकेकाले छिट्टै बाटो खुलाउन डा. लोहनीसँग माग गरेपछि डा. लोहनीले 'शिशुको आमालाई पनि उतै लैजानुहोस् न त' भनेर आग्रह गरेको छलफलमै सहभागी एक जनाले नागरिकसँग बताए।

'डा. लोहनीको आग्रहपछि राजदूत ग्लेनले हाम्रो देशको कानुनले सरोगेट आमालाई लैजान मिल्दैन भनेपछि डा. लोहनीले पनि हाम्रो कानुनले पनि यसरी अवैध जन्माएका सरोगेट शिशु पठाउने व्यवस्था नरहेको जवाफ दिएका थिए। त्यसपछि राजदूत चुप लागेर फर्केका थिए,' उनले नागरिकसँग भने। यसैगरी, इजरायली राजदूतले पनि पछिल्लो एक महिनायता आफ्ना नागरिकका १६ जना सरोगेट शिशु जन्मेकाले उनीहरूलाई सुरक्षित इजरायल पठाउने व्यवस्था गर्न माग गरेका थिए।

नेपालमा सरोगेट सेवा अवैध रहेको र सरोगेसी सञ्चालन नगर्न सर्वोच्च अदालतले भदौ ८ मा अन्तरीम आदेश जारी गरिसकेको छ। प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले अन्तरीम आदेश दिएपछि शिशुलाई विदेश लैजान चाहिने डकुमेन्ट र भिसासम्बन्धी अन्य आवश्यक प्रक्रिया रोकिएको छ। मन्त्रीपरिषदले समेत सरोगेसी कार्यविधि बनाउने निर्णयसमेत बदर गरीसकेको छ। तर यसअघि सरोगेसीबाट जन्मेका शिशु दलालको सहयोगमा गोप्य रुपमा विदेश पुर्या इने गरिएको थियो।

स्वास्थ्यमन्त्री अधिकारीले अदालतको आदेशपछि सरोगेट शिशु र जन्मिने क्रममा रहेका शिशु तथा सरोगेट आमाबारे समस्या उत्पन्न हुने देखिएपछि समाधानका लागि विकल्प खोजिरहेको जानकारी दिए।

स्रोतका अनुसार अदालती आदेशअघि नै सरोगेट आमा बनिसकेका लागि शिशु जन्म दिन सक्ने कानुनी व्यवस्था गर्ने तयारी मन्त्रालयले गरिरहेको छ। मन्त्रालयले असोज १ देखि लागू हुने गरी ९ महिनासम्मका सरोगेट आमालाई बच्चा सुरक्षित जन्माउन सक्ने र शिशुलाई सजिलै विदेश लैजान मिल्ने व्यवस्था गर्ने तयारी गरेको हो। यस्तो व्यवस्थाको प्रस्ताव स्वास्थ्यमन्त्रीले मन्त्रिपरिषदमा लैजाने तयारी गरेको स्रोतले बतायो। अवैध भए पनि सरोगेट आमा गर्भवती भैसकेकाले जन्माउन दिनुपर्ने मानवीय कर्तव्य भएको भन्दै एक पटकका लागि उक्त व्यवस्था गर्न लागिएको मन्त्रालय स्रोतले बतायो।

बाहिरिने यात्रु तीन गुणा न्यून

काठमाडौं- दसैंका लागि उपत्यकाबाट बाहिरिने यात्रु संख्या गत वर्षको तुलनामा तीन गुणा घटेको छ। भारतको अघोषित नाकाबन्दीका कारण लामो दुरीमा चल्ने सार्वजनिक सवारी संख्या कमी हुँदा उपत्यका छाड्ने यात्रु संख्या घटेको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार गत वर्ष घटस्थापनाभन्दा पाँच दिनअघिको अवधिमा उपत्यकाबाट करिब ४ लाख २० हजारले उपत्यका छाडेका थिए। तर, यस वर्ष त्यही अवधिमा मुस्किलले १ लाख ३५ हजारले उपत्यका छाडेका छन्। घटस्थापनाको अघिल्लो दिन गत वर्ष उपत्यकाबाट ९२ हजार ६९ जना यात्रु बाहिरिएका थिए। गत वर्ष ६ हजारभन्दा बढी यात्रुवाहक बस र केही रिजर्भ बसमार्फत अधिकांश घर फर्केका थिए। यस वर्ष घटस्थापनाको अघिल्लो दिन सोमबार बेलुकी ८ बजेसम्म उपत्यकाबाट करिब ३५ हजारमात्र बाहिरिएका छन्।

तराई बन्द र भारतको अघोषित नाकाबन्दीका कारण उत्पन्न इन्धन अभावले उपत्यकाबाट बाहिर जानेको संख्या न्यून भएको महाशाखा प्रमुख जयबहादुर चन्दले बताए। उनका अनुसार सोमबार लामो दुरीका सवारीलाई विशेष व्यवस्था गर्दै इन्धन उपलब्ध गराएपछि यात्रु संख्या बढीरहेको छ।

लामो दुरीका सवारीलाई इन्धनको विशेष व्यवस्था गर्नुअघि उपत्यकाबाट २५ हजार हाराहारीमा मात्र यात्रु बाहिरिएका थिए। तर, सोमबार यात्रु संख्या १० हजारभन्दा बढीले वृद्धि भएको छ।

संख्या बढेपछि महाशाखाले यात्रुको सहजता र सवारीसाधनको उचित व्यवस्थापन गर्न नयाँ बसपार्क र कलंकीमा नागरिक सहायता कक्ष स्थापना गरेको छ। यात्रु र सवारी संख्या बढ्दै गएपछि महाशाखाले यात्रुका समस्या सुन्न र समाधान गर्न सातदोबाटो, कोटेश्वर, तिलगंगा, गौशाला, जोरपाटी, स्वयम्भू, नागढुंगा, बल्खु, पुरानो बसपार्क र सुन्धारामा नागरिक सहायता कक्ष स्थापनाको तयारी गरेको छ। सहायता कक्षमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, जनपद प्रहरी, यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधि रहने छन्।

सहायता कक्षले यात्रुलाई सुरक्षा प्रदान गर्ने, टिकटअनुसार रकम लिए नलिएको चेकजाँच गर्ने, टिकट काउन्टरमा भाडा दरको बोर्ड अनिवार्य राख्न लगाउने वा सम्भव भएसम्म नागरिक डेस्क बोर्डनजिक भाडादर उल्लेखित कागजात राख्न लगाउने, फर्जी तथा दोहोरो टिकट काट्नेमाथि निगरानी राख्ने, यात्रुको पीरमर्का केलाएर सहयोग गर्ने छ।

सरकारी तथ्यांक अनुसार दसैंका बेला २०–२५ लाख मानिस उपत्यकाबाट बाहिरिन्छन्। उपत्यकाबाट बाहिरिने यात्रुले कोटेश्वर, तिलगंगा, नयाँ बसपार्क, सुन्धारा, गौशाला, चाबहिल, बल्खु, कलंकीलगायत स्थानबाट सवारीसाधन पाउने छन्।